८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइयो



अ+ अ-

काठमाडौं । आज चिल्लाथ्व चतुर्दशी अर्थात विश्व नेवार दिवस । काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । चौथो विश्व नेवार दिवस आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि आजै आयोजना गरिएको छ । 

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहेको थियो । नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । 

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लागायतको उपस्थिति रहेको थियो ।