८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु
अ+ अ-

जलेश्वर । विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ ।

त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह सुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाह उत्सव मनाउन थालेका छन् ।

आजका दिन माता जानकी (सीता)को जन्मभूमि जनकपुरधाममा दर्जनौँ वर कन्याले सामूहिक विवाह गर्ने पनि चलन रहेको छ । मिथिलाका विभिन्न गाउँठाउँमा पनि आजका दिन सयौँ जोडीहरुले विवाह गर्ने भएका छन् ।

आजका दिनमा विवाह गरेमा आफ्नो विवाहको सम्झना सधैँ रहिरहने तथा सधैँ भगवान रामचन्द्र र माता सीताको आशीर्वाद प्राप्त भइरहने लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताउनुभयो ।

महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत आज राजा जनकको नगरी जनकपुरधाममा भगवान रामचन्द्र र माता जानकीको धुमधामका साथ शुभ विवाह (विवाहपञ्चमी) मनाइँदैछ ।

महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाह पञ्चमी उत्सवको रौनक यसपाली नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनककी छोरी माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न गरिने चलन रहँदै आएको छ ।

सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधुसन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी, सन्यासी सो विवाह उत्सवमा उपस्थित हुने चलन रहेकामा अहिले लाखौँको सङ्ख्यामा जन्ती जनकपुर आइपुगेका छन् ।

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि जन्ती तथा सर्वसाधारण जनकपुर आएर विवाहपञ्चमीमा सहभागी हुन तयार अवस्थामा रहेका छन् ।

प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावा लस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजा अर्जना गरेर आज जनकपुरका लागि प्रस्थान गरेका छन् ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीमा अवस्थित लक्ष्मीनारायण मठ अगाडिमै रहेको लक्ष्मी सागरबाटै विवाहको वेदीको माटो खनेर लगिएको छ भने सोही माटोबाट बनाइएको यज्ञवेदीमा आज राति राम सीताको शुभविवाह सम्पन्न हुनेछ ।

अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानीमा स्थानीयले फूल माला, अबिर लगायतले स्वागत गरेका छन् भने जन्ती मटिहानीमा एकरात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गरेको लक्ष्मीनारायण मठका महन्थ रविन्द्रदास वैष्णवले बताउनुभयो ।

विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा पाँचदेखि सात लाखसम्म भक्तजन विवाह पञ्चमी उत्सवमा सहभागिता जनाउने गरेका र यस वर्ष सो सङ्ख्या बढेर १० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।

विवाहपञ्चमी उत्सवअन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि सम्पन्न भएको छ भने आज स्वयंवर तथा विवाह पञ्चमी (शुभविवाह) र पुस २ गते राम कलेवा हुने कार्यक्रम तय गरिएको हो । रासस