१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिवाभञ्ज्याङ पुग्यो झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिको लागि संकल्पयात्रा



अ+ अ-

पाँचथर । मङ्सिर १४ गते बैतडीको झुलाघाट निस्किएको नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ ।

एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट सहितको टोली चिवाभञ्ज्याङ पुगिसकेको छ । चिवाभञ्ज्याङ पुग्ने पहिलो टोलीमा केन्द्रीय नेताहरु राजेन्द्र गौतम, गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायतका नेताहरु हुनुहुन्छ । अभियानमा संलग्न अन्य नेताहरु पनि चिवाभञ्जयाङ पुग्ने क्रम जारी छ ।

पार्टी अध्यक्ष केपी ओली सहितको टोली भने केहि बेरमा चिवाभञ्ज्याङ पुग्दै छ । चिवाभञ्ज्याङ पुगेर पार्टी अध्यक्ष ओलीले नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ । पाँचथरको यो भञ्ज्याङ्को सिमा भारतको सिक्किमसँग जोडिन्छ ।




भर्खरै