२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

१५ वर्षको उमेरमै किनिन् ४ करोडको घर

१५ वर्षको उमेरमै किनिन् ४ करोडको घर
अ अ+ अ-

एजेन्सी । के तपाईलाई सन् २०१३ मा आएको टिभी सिरियल ‘ये है मोहब्बते’याद छ ? त्यो सिरियलकी ३ वर्षीया निर्दोष रुही अर्थात् रुहानिका धवन ।

बाल कलाकारको रूपमा काम गर्न थालेकी थिइन् र यति धेरै मन पराइयो कि टिभी सिरियलसँगै उनले सलमान र सनी देओलजस्ता स्टारसँग फिल्म पनि पाएकी थिइन् । सन् २०२३ मा १५ वर्ष पुगेकी रुहानिकाका लागि यो वर्ष निकै विशेष रह्यो ।

रुहीले यो वर्ष आफ्नो कमाइले घर किनिन् । १५ वर्षको उमेरमा करिब २.५ करोड (४ करोड रुपैयाँ) को घर । यो लोखन्डवाला, मुम्बईमा अवस्थित १ बिएचके भव्य फ्ल्याट हो, जसको फर्निचरको काम अझै चलिरहेको छ ।

यस क्षेत्रको विशेष कुरा के छ भने जान्हवी कपूर, करिश्मा कपूर, सोनाली बेन्द्रे, सोनू सूद, सारा अली खान जस्ता धेरै सेलिब्रेटीहरू यहाँ बस्छन् ।

रुहीको पुरानो घरमा आफ्ना आमाबुवासँग बस्छिन् । हाल रुहानिका मुम्बईको गोरेगाउँ क्षेत्रमा बस्छिन् । रुहानिकाका पिता सुमनकुमार पेशाले व्यवसायी हुन् भने आमा डली धवन गृहिणी हुन् ।

रुही अहिले अभिनयमा भन्दा पढाइमा बढी ध्यान केन्द्रित गरिरहेकी छिन्, अहिले उनलाई अफर नआएको भने होइन । अफरहरू छन् तर रुही पढाइमा पूरा समय दिन चाहन्छिन् ।

रुहीले नयाँ घर किनेको भए पनि बाल्यकाल बिताएको घर उनको लागि निकै विशेष रहेको बताइन् । उनी यसलाई कहिल्यै छोड्न चाहँदैनन् ।

रुही भन्छिन्, ‘म आफ्नो पुरानो घरमा धेरै आराम महसुस गर्छु । यो यति ठूलो छ कि म यहाँ मेरो व्यायाम र नृत्य अभ्यास गर्छु । मेरो घर पनि मेरो जिम हो र यो मेरो कथक क्लास पनि हो । त्यहाँ यति ठूलो ठाउँ छ कि सबै कुरा आरामसँग गरिन्छ । म मेरो व्यक्तिगत कोठामा धेरै आराम महसुस गर्छु । म मेरो धेरैजसो समय त्यहाँ बिताउँछु ।’

उनी अगाडि भन्छिन् ‘सिरियल ‘ये है मोहब्बतें’ सकिएको ४ वर्ष भइसकेको छ । म मेरो क्यारेक्टर रुहीलाई धेरै मिस गर्छु, सेटमा जानु, क्यामेरा फेस गर्नु, यी सबै पलहरु मिस गर्छु । तर, विगत चार वर्षको यात्राको कुरा गर्ने हो भने पक्कै पनि निकै सुन्दर र सन्तोषजनक यात्रा भएको छ । आफैमा धेरै परिवर्तन ल्याएको छु । पछिल्ला केही वर्षदेखि, म आफैंमा धेरै ध्यान केन्द्रित गर्दैछु, विशेष गरी आत्म(विकासमा । अब म जीवनमा के गर्न चाहन्छु भन्ने कुरामा स्पष्ट छु ।’

१५ वर्षको उमेरमा उनको इन्स्टाग्राममा २१ लाख फलोअर्स छन् । उसले आफ्नै युट्युव च्यानल पनि चलाउँछिन्, जसको १ लाख २७ हजार सदस्यहरू छन् । उनी नियमित रूपमा जीवनशैलीका भिडियोहरू, भ्लगहरू र ब्रान्ड प्रचारहरू पोस्ट गर्छिन् ।

रुहानिकाले ३ वर्षको उमेरमा अभिनय करियर सुरु गरेकी थिइन् । उनले सन् २०१२ मा टिभी शो ‘मिसेस कौशिक की पाँच बहूँ’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । तर, ‘ये है मोहब्बतें’ मा रुही भल्लाको भूमिकाबाट उनले लोकप्रियता कमाएकी थिइन् । कार्यक्रममा उनलाई निकै रुचाइएको थियो । रुहानिकाले यस सिरियलबाट सबैभन्दा लोकप्रिय बाल कलाकारको अवार्ड पनि जितेकी छिन् ।

रुहानिका धवनले टिभी अभिनेत्री मात्र नभएर चलचित्र अभिनेत्री पनि हुन् । उनले सलमान खानसँग ‘जय हो’ र सन्नी देओलसँग ‘घायल वन्स अगेन’मा पनि काम गरेकी थिइन् ।