८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आईपीएल अक्सनः २६३ करोड खर्च गर्न कुन टिमलाई कति खेलाडी आवश्यक ?

आईपीएल अक्सनः २६३ करोड खर्च गर्न कुन टिमलाई कति खेलाडी आवश्यक ?
अ+ अ-

एजेन्सी । आईपीएल २०२४ सिजनको मिनी-अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ । यसमा सबै १० टोलीले जम्मा ७७ स्लट भर्नका लागि उत्रनेछन् । जहाँ ३० विदेशी स्लटहरू पनि छन् । लिलामीमा ३३३ खेलाडी सहभागी हुनेछन् । जसमध्ये २१४ भारतीय र ११९ विदेशी खेलाडी छन् ।

अक्सनका लागि ११६ क्याप्ड खेलाडीले तथा २१५ अनक्याप्ड खेलाडीले दर्ता गराएका छन् । टोलीसँग लिलामीमा खर्च गर्न कुल रु २६२.९५ करोड छ, जुन आईपीएल इतिहासमा मिनी-लिलामीको लागि सबैभन्दा ठूलो पर्स साइज हो ।

जसमध्ये गुजरात टाइटन्सले सर्वाधिक ३८.१५ करोड भारुका साथ लिलामीमा भाग लिनेछ । अर्कोतर्फ लखनऊ सुपर जायन्ट्ससँग १३.१५ करोड रकम छ, जुन १० टोलीमध्ये सबैभन्दा कम हो । कोलकाता नाइट राइडर्ससामु सबैभन्दा ठूलो चुनौती छ । ३२.७० करोड मात्र बाँकी रहेको टोलीमा १२ वटा स्लट अझै खाली छन् ।

चेन्नईले ३१.।४० करोडको पर्समा ६ वटा स्लट भर्नुपर्नेछ । एउटा टोलीमा ८ विदेशीसहित कम्तीमा १८ र बढीमा २५ खेलाडी हुन सक्नेछन् ।

यसैबीच यहाँ सम्पूर्ण टिमबारे जानकारी लिऔं ।
चेन्नई सुपर किंग्सः  स्लट ६, पर्स बाँकी ३१.४० करोड
साविक विजेता चेन्नईको टोली अम्बाती रायुडुको सन्यासपछि अर्को खेलाडीको खोजीमा छ । मध्यक्रममा पावर हिटर भारतीय ब्याट्सम्यानको खोजी भइरहेको छ । टोलीले बाँकी ६ स्थानमा विदेशी फास्ट बलर वा अलराउन्डर समावेश गर्न चाहन्छ । टोलीले भारतीय विकेटकिपिङ विकल्पमा पनि जान सक्छ ।

मुम्बई इन्डियन्सः स्लट ८, पर्स बाँकी १७.७५ करोड
टोलीले अझै विदेशी अलराउन्डरको खोजी गर्नेछ । मुम्बईको विजयी चरणको हिस्सा रहेका पोलार्डले उपयुक्त विकल्प फेला पार्न सकेका छैनन् । क्यामरुन ग्रीनलाई रिलिज गरिएको छ । एक विदेशी अलराउन्डर र विदेशी फास्ट बलर मुम्बईको लागि प्रायः विजेता संयोजन भएको छ । टोलीले फेरि उही कौशलता भएका खेलाडीहरूको खोजी गरिरहेको छ ।

गुजरात टाइटन्सः स्लट ८, पर्स बाँकी ३८.१५ करोड
फास्ट बलिङ अलराउन्डर हार्दिकको विकल्प खोज्नुपर्छ । भारतीय सर्किटमा यस्तो सीप भएको खेलाडी भेट्टाउन गाह्रो छ, यस्तो अवस्थामा टोली विदेशीतर्फ फर्किन सक्छ । अल्जारीलाई रिहा गरेपछि विदेशी फास्ट बलरको खोजी छ ।

कोलकाता नाइट राइडर्सः स्लट १२, पर्स बाँकी ३२.७० करोड
बाँकी रकम मध्ये, कोलकाताले बाँकी स्लटहरूको लगभग आधा भर्नुपर्छ । साउथी, फर्गुसन, उमेश यादव र शार्दुल रिलिज भएकाले सबैभन्दा ठूलो खोज फास्ट बलरको रहेको छ । रसेलको ब्याकअपका लागि टोलीमा भारतीय विकेटकिपर र विदेशी फास्ट बलिङ अलराउन्डर पनि आवश्यक छ ।

रोयल च्यालेन्र्स बैंगलोरः स्लट ६, पर्स बाँकी २३.२५ करोड
हेजलवुड, हसरंगा, हर्षल रिलिज भए । अब उनीहरुको विकल्प ६ मध्ये ३ वटा स्थानमा खोज्नुपर्नेछ । ट्रेड अलराउन्डर शाहबाज अहमदलाई पनि भारतीय फिनिशर वा अलराउन्डरसँग बदल्नुपर्नेछ । टोपलीको ब्याकअप हुन सक्ने र सिराजसँगै नयाँ बलमा बलिङ गर्न सक्ने विदेशी पेसरमा फोकस हुनेछ ।

सनराइजर्स हैदरावादः स्लट ६, पर्स बाँकी ३४ करोड
टोलीले ६ खेलाडी मात्रै रिलिज गरेकाले टोली लगभग तयार देखिन्छ । यद्यपि, उसले धेरै स्थानहरूमा ब्याकअप खोज्नुपर्छ । आदिल राशिद र अकिल हुसेन टोलीमा नभएकाले सबैभन्दा ठूलो आवश्यकता विदेशी स्पिनर नै देखिन्छ । मुख्य विदेशी ब्याट्सम्यान र विदेशी अलराउन्डर पनि चाहिन्छ ।

दिल्ली क्यापिटल्सः स्लट ९, पर्स बाँकी २८.९५ करोड
ऋषभ पन्तको खेलमा फर्किनेमा शंका छ, त्यसैले टोली भारतीय फिनिशर र विकेटकिपर ब्याट्सम्यानको खोजीमा छ । टोलीले मिचेल मार्सलाई ब्याकअप गर्न विदेशी फास्ट बलिङ अलराउन्डरलाई टोलीमा समावेश गर्ने प्रयास गर्नेछ । भारतीय फास्ट बलिङ ब्याकअप र ब्याट्सम्यानको पनि खोजी हुनेछ ।

पञ्जाव किंग्सः स्लट ८, पर्स बाँकी २९.१० करोड
पञ्जाबले फिनिशर ब्याट्सम्यान शाहरुख खानलाई नयाँ सिजन अघि रिलिज गरेको छ । यो स्थान भर्नका लागि उनीहरूलाई भारतीय ब्याटिङ अलराउन्डर चाहिन्छ । साम करनलाई ब्याकअपका लागि विदेशी फास्ट बलिङ अलराउन्डर पनि आवश्यक छ । यो कमी स्पिन अलराउन्डरले पनि पूर्ति गर्न सक्छ ।

राजस्थान रोयल्सः स्लट ८, पर्स बाँकी १४.५० करोड
नयाँ सिजन अघि टोली सन्तुलित देखिन्छ । बटलर, हेटमायर, सञ्जु, यशस्वीजस्ता म्याच विनरहरू टोलीमा छन् । होल्डरलाई रिलिज गरेपछि विदेशी अलराउन्डरको अभाव छ । बोल्टको ब्याकअपका लागि विदेशी फास्ट बलर पनि आवश्यक छ । पडिक्कलको स्थानमा भारतीय ब्याट्सम्यान र विदेशी ब्याट्सम्यानलाई रुटको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।

लखनउ सुपरजायन्ट्सः स्लट ६, पर्स १३.१५ करोड
देवदत्त पडिक्कलको समावेशले ओपनिंगलाई बलियो बनाएको छ । तीव्र गतिका बलर आवेश खानलाई रिहा गरेपछि टोलीले भारतीय फास्ट बलर वा भारतीय अलराउन्डरलाई टोलीमा समावेश गर्न चाहन्छ । मध्यक्रममा भारतीय ब्याट्सम्यानको खोजी पनि हुनेछ । डेनियल साम्सको शून्यता भर्ने प्रयास पनि हुनेछ ।