२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सिया र बार्सिलोनाले अंक बाँडे



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भ्यालेन्सिया र बार्सिलोनाले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ५५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ७० औं मिनेटमा ह्युगो गुइलामोनले गोल गर्दै घरेलु टोली भ्यालेन्सियालाई हारबाट जोगाए । योसँगै १७ खेलबाट ३५ अंकका साथ बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने भ्यालेन्सिया २० अंकका साथ १० औं स्थानमा छ ।