३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१३ जुनियर क्रिकेट लिग हुने



अ+ अ-

काठमाडौं। एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । 

एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प्रायोजनमा हुन लागेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ । यसअघि आयोजकले यु–१६ क्रिकेट पनि आयोजना गरिसकेको छ । यु–१३ उमेरसमूहको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजाने बताइएको छ ।

एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले निजी क्षेत्रबाट विभिन्न संघ संस्थासंग सहयोग र हातेमालो गरी सानो उमेरसमूहका नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ट्वान्टी– २० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एकेडेमीकै हातामा हुनेछ ।