२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुन्छः ओली



अ+ अ-

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गर्नुभएको छ ।

शनिबार पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने उहाँले बताउनुभयो ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताउँनुभयो ।

ओलीले भन्नुभयो, ुदेश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।ु

यस्तै उहाँले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, ुदेश विकास हुन सकेको छैन् । देश कङ्गालीतर्फ धकालिदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी छ ।ु

कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ छ ।