• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

‘तुझसे नाराज नहीं जिंदगी’का गायकको निधन



एजेन्सी । बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा डिसेम्बर शुक्रबार निधन भएको छ ।उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । अनूपले ‘तुझसे नाराज नहीं जिंदगी’ जस्ता हिट गीतमा आफ्नो स्वर दिएका थिए ।

पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम सास लिए ।

अनुप घोषालको जन्म १९४५ मा कोलकातामा अमुल्य चन्द्र घोषाल र लबन्या घोषालको घरमा भएको थियो । उनको आमाले उनलाई ४ वर्षको उमेरदेखि नै गीत गाउन प्रोत्साहन दिएकी थिइन् । सानै उमेरमा उनी अल इन्डिया रेडियोको शिशु महल कार्यक्रममा सामेल भए ।

पढाइसँगै संगीतको शिक्षा पनि जारी राखे । त्यसपछि कलेज पढ्दै गर्दा उनले अन्तर कलेज प्रतियोगितामा भाग लिन थाले । यसरी उनको सांगीतिक कलासँग मानिसहरु जोडिन थाले ।

अनूप तुझसे नराज नही जिंदगी, हसन भी आप हैं, इश्क भी आप हैं र तुम साथ हो जिंदगी भर लिए जस्ता हिट गीतहरूका लागि परिचित थिए ।