२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

पाँच पटक च्याम्पियन बनाउने रोहित शर्माले किन गुमाए मुम्बईको कप्तानी ?

पाँच पटक च्याम्पियन बनाउने रोहित शर्माले किन गुमाए मुम्बईको कप्तानी ?
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को मिनी अक्सन हुनुअघि मुम्बई इन्डियन्सले सबैलाई चकित बनाएको छ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि पाँच पटकको च्याम्पियन मुम्बईले रोहित शर्माबाट कप्तानी हार्दिक पाण्ड्यालाई सुम्पेको छ ।

रोहितले आफ्नो कप्तानीमा मुम्बईलाई यस लिगको सबैभन्दा सफल टोली बनाए । जसका कारण रोहितको हातबाट कप्तानी खोसिने निर्णयले सबै अचम्ममा परेका छन् ।

रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले पछिल्लो पटक सन् २०२० मा आईपीएलको उपाधि उचालेको थियो । यसपछि टोली आईपीएल २०२१ मा समूह चरणबाटै बाहिरिएको थियो । २०२२ मा टोलीको अवस्था अझ खराब थियो र मुम्बईले टूर्नामेंटमा तलको स्थानमा समाप्त गर्यो ।

पछिल्लो सिजन अर्थात २०२३ मा, टोलीले दोस्रो क्वालिफायरसम्म यात्रा गरेको थियो, जहाँ हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले मुम्बईलाई हराएको थियो ।

अर्थात् पछिल्लो तीन सिजनमा मुम्बईको प्रदर्शन खासै राम्रो रहेन । तर, रोहितको कप्तानीलाई दोष दिनु गलत हुनेछ किनभने पछिल्ला एक–दुई सिजनमा मुम्बईको टोलीले लिलामीमा बलियो टोली मैदानमा उतार्न सकेन ।

सन् २०२३ को विश्वकपको फाइनलमा भारतको हारपछि रोहित शर्मा निकै दुखी छन् । उपाधि खेल हार्दा मात्र रोहितको आँखामा आँसु देखियो । यस्तो अवस्थामा मुम्बई इन्डियन्सको कप्तानी छाड्ने निर्णय रोहितले नै लिएको हुनसक्ने अनुमान गरिएको छ ।

रोहित ३६ वर्षका छन् र विगत १० वर्षदेखि मुम्बईको नेतृत्व सम्हाल्दै आएका छन् । यस्तो अवस्थामा टोलीको भविष्यलाई ध्यानमा राख्दै रोहितले मुम्बईको कप्तानी हार्दिक पाण्ड्यालाई दिने निर्णय गरेको पनि हुनसक्छ ।

रोहित सन् २०११ मा मुम्बईको टोलीमा सामेल भएका थिए र २०१३ मा उनलाई टोलीको नेतृत्व सुम्पिएको थियो । रोहितले यसै वर्ष पहिलो पटक आईपीएलको उपाधि टोलीलाई दिएका थिए । यसपछि सन् २०१५, २०१७, २०१९ र २०२० मा रोहितको कप्तानीमा मुम्बईले आईपीएलको उपाधि जितेको थियो ।