१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन्ः उपमहासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताउनुभएको छ ।

शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताउनु भयो ।

उहाँले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गर्नुभयो । उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताउनु भयो । उहाँले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताउनु भयो । उहाँले राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौंतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन ।

तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता बिरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रुपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्यपहाडी करिडोर बनाएर सडक करिडोर बनाइयो तर आर्थिक करिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’

एमाले पहिचानबिरोधी होइन, एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ ।