२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा

भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा
file photo
अ अ+ अ-

जाजरकोट । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्र्घष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा उनी छन् ।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए । उनले भने, “यता घर भत्किएका छन्, त्रिपालबाट कहिले निस्कने बाबा ?, हाम्रो घर कहिले बनाउने भन्दै छोरा, छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु ।”

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, “बारेकोटमा पर्याप्त मात्रामा राहत सामग्री नआउँदा कठिनाइ खप्नु परेको छ । त्रिपाल प्राप्त भएका छन् तर तिनलाई जोड्ने कुनै पनि सामग्री आएका छैनन् खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ ।”

नलगाड नगरपालिकामा अस्थायी आवास निर्माण बनाउन बजेट प्राप्त भएको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको स्पष्ट गरेको छ । भूकम्पप्रभावित जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा दुई हजार पाँच सय ४९ परिवार, नलगाड नगरपालिकामा आठ हजार ९७, छेडागाड नगरपालिकामा तीन हजार छ सय ६४, बारेकोटमा पाँच हजार पाँच सय ८६ परिवार, कुशेमा पाँच हजार दुई सय ८६, जुनिचाँदेमा दुई हजार पाँच सय ३६, शिवालयमा तीन हजार तीन सय नौ गरी जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् ।

हालसम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा रु छ करोड ३७ लाख २५ हजार, नौ करोड १६ लाख, बारेकोटमा रु १३ करोड ९६ लाख ५० हजार, कुशेमा रु १३ करोड २१ लाख ७५ हजार, शिवालयमा रु आठ करोड २७ लाख २५ हजार प्रदान गरेको छ ।