२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

रोहितलाई हटाएर हार्दिकलाई मुम्बईको कप्तान बनाएपछि रिसाए फ्यान

रोहितलाई हटाएर हार्दिकलाई मुम्बईको कप्तान बनाएपछि रिसाए फ्यान
अ अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सले सबैलाई चकित पार्दै हार्दिक पाण्ड्यालाई आईपीएल २०२४ को नयाँ कप्तान नियुक्त गरेको छ । हार्दिकले पाँच पटक आईपीएलको उपाधि जितेका रोहित शर्माको स्थान लिनेछन् ।

रोहितलाई कप्तानबाट हटाउने निर्णयलाई फ्यानहरुले पटक्कै मन पराएका छैनन् । सामाजिक सञ्जालमा फ्यानहरूले मुम्बई इन्डियन्सको चर्को आलोचना गरेका छन् ।

आईपीएल २०२४ को लागि मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई टोलीको कमाण्ड सुम्पेको छ । यसको मतलब इन्डियन प्रिमियर लिगको १७औं सिजनमा रोहित कप्तानको रूपमा नभई ब्याट्सम्यानको रूपमा खेल्ने देखिएका छन् । रोहितलाई कप्तानबाट हटाउने निर्णय सबैका लागि चकित छ ।

यसको पछाडिको कारण के हो भने रोहितले आफ्नो कप्तानीमा मुम्बईका लागि पाँच पटक आईपीएल ट्रफी जितेका छन् र उनले विगत १० वर्षदेखि टोलीको नेतृत्व सम्हालिरहेका छन् । रोहितको कप्तानी गुमाएपछि फ्यानहरू निकै दुखी छन् र सामाजिक सञ्जालमा मुम्बई इन्डियन्सको चर्को आलोचना गरिरहेका छन् ।

रोहित शर्माले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई पाँच पटक च्याम्पियन बनाएका छन् । रोहित सन् २०११ मा मुम्बईको टोलीमा सामेल भएका थिए र २०१३ मा उनलाई टोलीको नेतृत्व सुम्पिएको थियो । रोहितले यसै वर्ष पहिलो पटक आईपीएलको उपाधि टोलीलाई दिएका थिए । यसपछि सन् २०१५, २०१७, २०१९ र २०२० मा रोहितको कप्तानीमा मुम्बईले आईपीएलको उपाधि जितेको थियो ।

फ्यानहरुले आक्रोशित हुँदै सामाजिक सञ्जालमा लेखेका छन् – मेरो लागि रोहित शर्माको कप्तानीबिना मुम्बई इन्डियन्स छैन । भा* मे गई मुम्बई इन्डियन्स ।

– यो निल्न गाह्रो चक्की हो…
रोहितको कप्तानी विरासत क्रिकेट इतिहासको इतिहासमा अमिट रूपमा कोरिनेछ, र हामी प्रशंसकहरूले मुम्बईमा उनको अमूल्य योगदानको स्थायी छाप सधैं हाम्रो हृदयमा राख्नेछौं ।

-मुम्बईको पेज अनफलो गर्दै एक प्रयोगर्का लेख्छिन् – हामी सधैं तपाईको साथमा रहनेछौं

-रोहित शर्मालाई धोका दिएको मुम्बई इन्डियन्सले युगौंसम्म यो सम्झिरहनेछ

-मुम्बईले रोहित शर्मा जस्तो कप्तान कहिल्यै फेला पार्ने छैन । यो डरलाग्दो निर्णय हो र फ्रेन्चाइजको लागि ठूलो घाटा हो । हार्दिक राम्रो छन् तर नेतृत्वको कुरा गर्दा रोहितको नजिक छैनन् ।