१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले नटिङहम फरेस्टलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले नटिङहम फरेस्टलाई उसकै मैदानमा २ ० गोलले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन खेलको पहिलो आफको इन्जुरी समयमा रिर्चालिसनले तथा ६५ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरे । खेलको ७० औं मिनेटमा यभिस बिसोउमाले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै टोटेनहम १७ खेलबाट ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । नटिङहम भने १४ अंकका साथ १६ औं स्थानमा छ ।