११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त



अ+ अ-

काठमाडौं ।सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । उहाँले शेयर बजारलाई  व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्नुभयो ।

तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिनुभएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । रासस