४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व: पूर्व राष्ट्रपति भण्डारी

गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व: पूर्व राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व भएको बताउनु भएको छ ।

नेपाल वाक तथा श्रवण संघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन तथा तेस्रो राष्ट्रिय सम्मेलनको उद्‍घाटन समारोहमा पूर्व राष्ट्रपति भण्डारीले आजको समयमा बढ्दो उपभोक्तावाद, बदलिँदो जीवनशैली तथा तीब्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगका साथै बोलाई तथा सुनाई सम्बन्धी विकारहरू बढ्दै जानु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो -चिकित्सा विज्ञानका सबै विधा र क्षेत्रहरू मानव स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै आधुनिक विज्ञान र प्रविधिको विकास एवम् विश्वव्यापीकरणमा आएको तीव्रताका कारण मानव सभ्यताले एक अर्कासँग सहज अन्तरक्रिया गर्न सक्षम भएसँगै चिकित्सा विज्ञान र औषधोपचारका क्षेत्रमा पनि अनुभव र सिपको आदानप्रदान सजिलो भएको बताउनु भयो ।

उहाँँले बोली, भाषा तथा श्रवण विशेषज्ञहरू तथा नाक कान घाँटी विशेषज्ञहरूको यो ऐतिहासिक सम्मेलनमा हुने छलफलका माध्यमबाट बोली तथा सुनाईसँग सम्बन्धित समस्याहरूको निदान र उपचारमा विकसित भएका नवीतम प्रविधिहरू, हासिल गरिएका अनुभव तथा असल अभ्यासहरू आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले   कुनै पनि व्यक्तिले सामान्य बोली र भाषाको विकासको क्रममा हासिल गर्ने सञ्चार सम्बन्धी सीपको सिलसिला मानव जीवनभर निरन्तर चलिरहन्छ । त्यही सञ्चार सीपले मानिसलाई सबै प्राणीहरूमा अद्वितीय बनाएको तर, बोली र भाषामा हुने कुनै पनि विकारले सञ्चार प्रक्रियामा समेत अवरोध सिर्जना हुन गई हामीले दैनिक जीवनमा कठिनाईहरूको सामना गर्नुपर्ने अबस्था रहेको बताउनु भयो ।

उहाँले धेरैजसो बालबालिकामा सुनाईको कमजोरीले गर्दा समयमा बोली विकास नहुने हुन्छ । यसका साथै अटिजम, ल्याङ्वेज डिसअर्डर, हाइपर एक्टिभिटी डिसअर्डर, डाउन सिन्ड्रोम लगायतका विभिन्न समस्याका कारणले पनि समयमा बोलीको विकास हुन नसकेको उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले बालबालिकालाई उचित हेरचाहसहित पोषणयुक्त खाना खुवाउनुका साथै आमाबाबुले उनीहरूसँग पर्याप्त समय व्यतित गर्नु पर्ने जनाउदै उहाँले बोलाई र सुनाईसम्बन्धी समस्याको छिटोभन्दा छिटो पहिचान गरी उपचार भएको खण्डमा बालबालिकाको जीवनमा सकारात्मक सुधार ल्याउन सकिने जनाउनु भयो ।

उहाँले विद्यालयहरूमा नियमित श्रवण परीक्षण गर्ने व्यवस्था गरिनुका साथै श्रवण यन्त्र प्रयोगकर्ताहरूलाई साधारण श्रवण यन्त्रहरू निस्शुल्क वितरण गर्ने व्यवस्था समेत गरिनु पर्ने र नेपालमा वाक, श्रवण तथा भाषा विकास सम्बन्धी समस्याको निदान तथा उपचारलाई ग्रामीण तहसम्म लैजानुपर्ने चुनौती हाम्रा सामु रहेको जनाउनु भयो । उहाँले यसका लागि नेपालमा बोली तथा सुनाईसम्बन्धी समस्याको अनुपातमा यस क्षेत्रसँग सम्बन्धित विशेषज्ञ जनशक्ति अपर्याप्त रहेको स्मरण गर्नुभयो ।

उहाँले श्रवण—अपाङ्गता तथा वाक अपाङ्गताको समस्यालाई सम्बोधन गर्न आवश्यक पर्ने बोली, भाषा र श्रवण विशेषज्ञहरू सहित विशिष्टीकृत स्वास्थ्य जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक संस्थाहरूका साथै सरकारका जिम्मेवार निकायहरूको ध्यान जानु पर्ने बताउनु भयो । पूर्व राष्ट्पति भण्डारीले स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज‚ सुदृढ अर्थतन्त्रको विकास र स्वाधीन, आत्मनिर्भर एवं सबल मुलुकको निर्माण हुन सक्दछ भन्ने यथार्थलाई कार्यरूप दिन नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको जनाउनु भयो । उहाँले विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीहरूको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन हाम्रो देशका तीनै तहका सरकारले उचित ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य सेवाको उपलब्धता र मेडिकल शिक्षामा आम नागरिकको पहुँच आपसमा अन्तरसम्बन्धित विषय भएको जनाउदै राज्यले विशिष्टीकृत स्वास्थ्य सेवा प्रवर्द्धनका लागि अध्ययन अनुसन्धानमा समेत लगानी बढाउनुपर्ने खाँचो रहेको जनाउनु भयो । उहाँले न्यून आय भएका जनताका छोराछोरीले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्दछन् भने अर्कातिर गरिब तथा निमुखा जनताले समेत स्वास्थ्य सेवा लिन सहज अवस्था सिर्जना हुनु पर्ने जनाउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले जडीबुटीको धनी देश नेपालमा मुलुकलाई आवश्यक पर्ने करिब ४० प्रतिशत औषधि यहीँ उत्पादन भए पनि तिनको गुणस्तर र प्रभावकारिता जस्ता विषयहरूमा अझै पनि जनगुनासोहरू रहेको जनाउदै औषधिलाई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा जस्ता वस्तुहरूको बीचमा राखी एउटै खरिद नियमावलीले हेर्नुपर्ने विद्यमान अवस्थालाई परिमार्जित गरी गुणस्तर र जनस्वास्थ्यमा कुनै पनि प्रकारको सम्झौता नगरिकन औषधि खरिद, भण्डारण र बिक्री–वितरणसम्बन्धी छुट्टै नियम कानुन बनाई कार्यान्वयनमा ल्याउन सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु भएको छ ।