४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीको ७ नम्बरको जर्सी रिटायर्ड



अ+ अ-

एजेन्सी । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको आइकोनिक ७ नम्बरको जर्सी रिटायर्ड भएको छ ।

दुई पटकका विश्वकप विजेता कप्तान धोनीको ७ नम्बर जर्सी अब कुनै पनि भारतीय क्रिकेट खेलाडीका लागि उपलब्ध नहुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको करिब तीन वर्षपछि बीसीसीआईले यो निर्णय गरेको हो । धोनीले सन् २०२० को अगस्त १५ मा संन्यास लिएका थिए । उनले सन् २०१४ मा टेष्टबाट संन्यास लिएका थिए ।

यसअघि भारतका लिजेण्ड खेलाडि सचिन तेन्दुलकरको १० नम्बरको जर्सी सन् २०१७ मा रिटायर्ड गरिएको थियो ।

बीसीसीआईले डेब्यु गर्ने खेलाडीहरुलाई पनि ७ नम्बर र १० नम्बर बारेको सूचना दिइसकेको छ । बीसीसीआईले खेलमा उनको योगदानको लागि धोनीको टी-सर्ट रिटायर गर्ने निर्णय गरेको हो ।

धोनीले आफ्नो कप्तानीमा सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एक दिवसीय विश्वकप जिताएका थिए ।