काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र सरकारका नियमित काम कारबाहीको विषयमा छलफल हुनेछ ।

सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।











