७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य थापालाई योगेश भट्टराईको कटाक्षः ‘बेकारकासँग समयको बर्बाद र दिमाग खराब गर्दिन’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विवाद चर्किरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षले अझै ठोस निर्णय लिन सकिराखेको छैन । नेता नेपाललाई दोस्रो पूस्ताका नेताहरुले पार्टी विभाजन गर्न नहुने बताउँदै आएका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेपाल पक्षीय नेता योगेश भट्टराईले पार्टी एकतालाई कायम राख्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पहलकदमी लिन आग्रह गरेका थिए ।

उनको त्यस अभिव्यक्तिपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा सामाजिक सञ्जालमार्फत नेता भट्टराईमाथि नै खनिए । नेकपा एमाले विभाजन गर्न नेपालहरु लागिपरेको भन्दै उनीहरुलाई ६ महिना पार्टीबाट निष्काशन गर्नुपर्ने थापाले धारणा राखे । 

सूर्य थापाको सो ट्विटपछि नेता योगेश भट्टराईले प्रधानमन्त्रीका सल्लाहकार थापालाई कटाक्ष गर्दै बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुने नत्र समयको बर्बाद र दिमाग खराब मात्र हुने बताएका छन् ।