८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा बिकेनन् नेपाली खेलाडी



अ+ अ-

काठमाडौँ । आगामी सिजनको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।

पीएसएल २०२४ को लागि राष्ट्रिय क्रिकेट टीमका १० खेलाडीले नाम दर्ता गराएका थिए । ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी परेका थिए ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनमको लिस्टमा परेका थिए। तर उनीलाई कुनै पनि क्लबले खरिद गरेनन् । सन्दीपले यसअघि नै पीएसएल खेलिसकेका थिए । उनले यसअघि लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

यस्तै, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरीमा परेका थिए भने आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी सिल्भर क्याटेगेरीमा परेका थिए । तर, यसपटक कुनै पनि नेपाली खेलाडी पीएसएल क्लबहरुको रोजाइमा परेनन् ।

पीएसएलको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १८ सम्म आयोजना हुँदैछ ।