• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा (भिडियोसहित)



काठमाडौँ । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोवल आईएमई बैंकको रहेको बताउनुभएको छ ।

बिहीवार ग्लोवल आईएमई बैंकको १७ ओँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ७७ जिल्लाहरुमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताउनु भयो ।

अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंकलेआर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताउनु भयो। उहाँले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताउनु भयो । उहाँले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रश्ताव गरिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले बैंकले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ आर्थिक वर्ष २०७९/०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैंकले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरिएको छ । आर्थिक वर्ष२०७९/०८०को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कुल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भइ १७ अर्ब १० करोडका साथै खुदमुनाफामा ३५ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ ।’

‘७७ जिल्लामा बैंकको शाखा सञ्चालनमा रहेको छ । बैंकले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब रहेको छ । कर्जा ३ खर्ब ७५ अर्ब पुगेको छ । यो अवधिमा बैंकले १ अर्ब २२ करोड बढी मुनाफा कमाएको छ । बैंकको पहुँचमा नपुगेका नागरिकहरुलाई बैंकिङ सेवा पुर्‍याउने आगामी कार्यदिशा रहेको छ । कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको छ ।’

उहाँले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताउनु भयो । उहाँले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताउनु भयो ।