८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफसी पोर्टो च्याम्पियन्स लिगको नकआउटमा



अ+ अ-

एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टोले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीस क्लब साख्तार डोनेस्कलाई ५–३ गोलले पराजित गर्दै समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

यो खेलको विजेताले नकआउट चरणको टिकट काट्ने थियो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन गालेनोले दुई तथा मेहदी तारेमी, पेपे र फ्रान्सिस्को कोन्सेइकाओले एक–एक गोल गरे ।

यस समूह एच बाट बार्सिलोना र पोर्टोले अन्तिम १६ मा स्थान बनाउँदा साख्तार र रोयल एन्टर्प भने समूह चरणबाटै बाहिरिए ।