१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एजेण्डामा महामन्त्री थापा र मेरो फरक मत छैनः काँग्रेस नेता कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोईरालाको भनाई थियो । नेता कोईरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रश्ताव समेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘बेसीकल्ली राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राईटएरिया बनाऊँ । जे क्राईट एरिया बन्छ, पार्लियामेन्टी बोर्डले बनाउ । त्यो क्राईटएरियालाई अगाडि सारेर जाने भन्नेछ । हाम्रो समूहको एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाई पनि फरक छ । त्यो स्वभाविक छ । अन्यमा एजेण्डामा हाम्रो कुनै फरक मत छैन ।’

नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने बताउनु भयो ।