• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

‘प्लस साइज मोडल’ जेन दीपिका काठमाडौंमा



काठमाडौँ । मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई तोडेकी प्लस साइज मोडल जेन दीपिका ग्यारेट काठमाडौँ आइपुगेकी छन् ।

दीपिका सान साल्भाडोरमा आयोजित मिस युनिभर्सको ७२औं संस्करणको फाइनलको टप २० परेर चर्चामा आएकी थिइन् ।

गैर आवासीय नेपाली सहभागी हुन पाउने नियमका आधारमा नेपालको प्रतिनिधित्व गरेकी उनी मिस युनिभर्सजस्तो अन्तराष्ट्र्रिय प्रतियोगितामा भाग लिने पहिलो प्लस साइज मोडल हुन् ।

दीपिका मंगलबार काठमाडौं उत्रिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओढाएर फूलमालासहित उनलाई स्वागत गरे ।

दीपिका मोटोपनका कारण जीवनका चाहना रोकिनु हुन्न, निराश हुनु हुन्न र आफ्नो शरीरलाई माया गर्नुपर्छ भन्ने विचारलाई वकालत गर्दै आएकी छिन् ।