• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

यो हो ‘नर्कको ढोका’ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ



एजेन्सी । कल्पना गर्नुहोस्, यदि तपाईंलाई थाहा भयो कि संसारमा एउटा यस्तो ठाउँ छ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ । चाहेर पनि निभाउन सकिँदैन । यो रहस्य देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् ।

मानिसहरु यो ठाउँ नजिकै जान्छन् । अहिले यो पूर्ण रुपमा पर्यटकीय गन्तव्य बनेको छ । यो ठाउँ पूरै आगोले घेरिएको छ । यति मात्र होइन, यसमा लागेको आगो कुनै पनि हालतमा निभाउन सकिँदैन । यो ठाउँलाई ‘नर्कको ढोका’ पनि भनिन्छ । यसबारे वैज्ञानिकहरु अझै अनुसन्धान गरिरहेका छन् ।

यो तुर्कमेनिस्तानको उत्तर मा स्थित छ । यो पूर्णतया मरुभूमिमा अवस्थित छ। यसलाई ‘नरकको द्वार’ भनिन्छ ।

यस खाडलमा आगो बल्ने सम्बन्धमा धेरैको आ–आफ्नै सिद्धान्तहरू छन् । कतिपयले यो गोप्य ठाउँ हो भन्ने विश्वास गर्छन् । यहाँको सरकारले संसारबाट केही लुकाउन खोजेको उनीहरु ठान्छन् । यो आगलागी प्राकृतिक ग्यासबाट भएको वैज्ञानिकहरुको अनुमान छ ।

सन् १९७१ मा सोभियत संघका भूवैज्ञानिकहरूले कच्चा तेलको भण्डार खोजिरहेका थिए । यस अवधिमा उनीहरुले प्राकृतिक ग्यासको ठूलो स्रोत फेला पारे । यहाँ उत्खननका क्रममा जमिन भासिएर ठूला–ठूला खाडल बनेका छन् ।

मिथेन लिकेजको खतरा देखेर यहाँ उपस्थित वैज्ञानिकहरूले खाल्डोमा आगो लगाएका थिए । मिथेन सकिएपछि आगो निभ्ने उनीहरुको विश्वास थियो तर त्यसो भएन । तर, अहिलेसम्म यस सिद्धान्तको बारेमा ठोस प्रमाण भने फेला परेको छैन ।