२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर समूहको बैठक सुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ । इतर समूहका नेता डा शेखर कोइरालाले बोलाएको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केहीबेरअघि सुरु भएको हो ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुने बताइएको छ ।

पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले चिसोका कारण फागुनमा पुर्‍याउने तयारी गरेका छन् । यसबारे रणनीति बनाउन शेखरले आजको बैठक डाकेको बुझिएको छ ।