• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा



काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो । ३०औं नम्बरमा रहेको यो मुद्दा त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको अदालतले जनाएको छ ।

यसअघि मंसीर १९ गते पेशी तोकिएको थियो । त्यसबेला पनि ‘र्हेन नभ्याइने’मै परेको थियो ।

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंसीर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।