१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले तोडे धोनीको १६ वर्ष पुरानो कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतीय टोलीका नयाँ कप्तान सूर्यकुमार यादवले मंगलबार दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् ।

यस खेलमा भारतीय टोलीले ५ विकेटले हार बेहोरेपनि सूर्यले फेरि एकपटक अर्धशतक बनाए । सूर्यकुमार यादवको इनिङ्सले टोलीलाई कुनै फाइदा भएन, तर यो अवधिमा उनले विशेष कीर्तिमान बनाए ।

उनी दक्षिण अफ्रिकाको भूमिमा कप्तानको रूपमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने भारतको पहिलो कप्तान बनेका छन् । यस मामिलामा उनले पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी (एमएस धोनी)को १६ वर्ष पुरानो कीर्तिमान तोडे ।

वास्तवमा, दक्षिण अफ्रिकी भूमिमा टी–२० क्रिकेटमा भारतले सबैभन्दा ठूलो इनिङ खेल्ने कीर्तिमान अब सूर्यकुमार यादवको नाममा दर्ता भएको छ, जसले १२ डिसेम्बरमा खेलिएको दोस्रो टी–२० मा अर्धशतक बनाएर भारतीय पूर्व कप्तानलाई स्तब्ध पारेका छन् । धोनीले सन् २००७ मा ४५ रनको इनिङ खेलेका थिए । अब सूर्य धोनीभन्दा अगाडि छन् ।

दोस्रो टी–२० खेलमा सूर्यकुमार यादवले दक्षिण अफ्रिकाविरुद्ध ३६ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ५६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । यो सूर्यको टी–२० करियरको १७ औं अर्धशतक थियो । योसँगै सूर्यकुमार यादवले टी–२० क्रिकेटमा २ हजार रन पनि पूरा गरेका छन् ।

टी–२० मा सबैभन्दा छिटो २००० रन बनाउने ब्याट्सम्यान

बाबर आजम – ५२ इनिङ्स

मोहम्मद रिजवान – ५२ इनिङ्स

विराट कोहली – ५६ इनिङ्स

सूर्यकुमार यादव – ५६ इनिङ्स

केएल राहुल – ५८ इनिङ्स

यसका साथै सूर्यकुमार यादव टी–२० मा संयुक्त रुपमा सबैभन्दा छिटो २००० रन बनाउने भारतीय ब्याट्सम्यान बनेका छन् । उनले विराट कोहलीको कीर्तिमान बराबरी गरेका छन् । कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियमा ५६ इनिङ्समा २ हजार रन पुरा गरेका छन् भने सूर्यले पनि ५६ इनिङ्समा २ हजार रन पुरा गरेका छन् । यस क्रममा सूर्याले ५८ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका केएल राहुललाई पछाडि छोडे ।