१६ भाद्र २०८३, मंगलवार
,
Latest
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार दिवसका अबसरमा दिप प्रज्वलन



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अबसरमा नेपाल मानव अधिकार संगठन उपत्यका ब्युरो काठमाडौँ जिल्ला शाखोले काठमाडौँको स्वयम्भू बुद्ध पार्कका दिप प्रज्वलन गरी मनाएको छ ।

“भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔं” भन्ने मुल नाराका साथ दिवस मनाईएको छ । कार्यक्रममा मानव अधिकार आयोगका पूर्व सदस्य कपिल श्रेष्ठ ,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायताले मानब अधिकारको बर्तमान अबस्थाबारे जानकारी गराउदै नागरिकको अधिकार प्रति राज्य उदाशिन भएको बताउनु भएको थियो ।

मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । अर्थात् मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर मनाउने गरिएको हो । सोही दिन विश्वव्यापी मानवअधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ ।