• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको होः ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताउनुभएको छ ।

देश र जनताको हितका लागि विकासको अभियानलाई तिब्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाई थियो । मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उहाँले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिशन–२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वास्तवमा देश जाग्न पर्यो । तपाईहामी जाग्न पर्यो । जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ त्यसका निम्ति । यो कसैको बिरुद्ध होइन । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यक्ता छैन । यहाँहरुको सजगता हामीले यहाँ आइपुग्दा जुन पायौँ । म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु । राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।