९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना: इन्सेक



अ+ अ-

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् ।

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ ।

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म ९नोभेम्बर २५ देखि डिसेम्बर १०० ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको हो ।

महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ । रासस




भर्खरै