२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना: इन्सेक



अ+ अ-

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् ।

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा २६ वटा रहेको छ । त्यसपपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ ।

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म ९नोभेम्बर २५ देखि डिसेम्बर १०० ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको हो ।

महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ । रासस