४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् २५ वर्षमा गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी



अ+ अ-

एजेन्सी । सर्च इन्जिन गुगलले आफ्नो २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका विषयको सूची सार्वजनिक गरेको छ ।

जब यो सूचीमा सबैभन्दा धेरै खोजिने खेलाडीहरूको कुरा आउँछ रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व लिजेण्ड तथा पोर्चुगल फुटबल टिमका वर्तमान कप्तान क्रिस्टियानो रोनाल्डो यो सूचीको शीर्ष स्थानमा छन् ।

३८ वर्षको उमेरमा पनि यी फुटबलरले साउदी अरेबियाको क्लब अल नासरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले यस सूचीको शीर्ष स्थानमा केही उत्कृष्ट खेलाडीहरूलाई पछि पारेका छन् । जसमा लियोनेल मेसी, रोजर फेडेरर, राफेल नाडाल र जोकोभिच जस्ता नाम सामेल छन् ।

रोनाल्डो र मेसीलाई उनीहरूको पुस्ताका उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छ र लगभग १५ वर्षदेखि उनीहरूले खेलमा प्रभुत्व जमाउँदै आएका छन् । जब सबैभन्दा धेरै खोजिएको खेलको कुरा आउँछ, ‘फुटबल’ शीर्षमा छ ।

अर्कोतर्फ क्रिकेट जगतमा विराट कोहलीको नाम कुनै परिचयको आवश्यकता छैन । क्रिकेटरमध्ये कोहलीको नाम शीर्षमा छ । अर्थात्, जबदेखि गुगल अस्तित्वमा आएको छ, धेरै महान क्रिकेटरहरूले संसारमा तरंग मच्चाएका छन् । यस लिस्टमा सचिन तेन्दुलकर, शेन वार्न, मुथैया मुरलीधरन, रिकी पोन्टिङ, एमएस धोनी, रोहित शर्मा लगायतका धेरै खेलाडी छन् ।

कोहली पनि मेसीभन्दा रोनाल्डोका फ्यान हुन् । पूर्व भारतीय कप्तानले आफ्ना यसअघिका धेरै अन्तर्वार्तामा आफू पोर्चुगिज फुटबलरको फिटनेसबाट प्रभावित भएको बताएका छन् ।