• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक



एजेन्सी । आईसीसी अन्डर–१९ विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण अफ्रिकाको पाँच मैदानमा अर्को वर्ष जनवरी–फेब्रुअरीमा हुने यस प्रतियोगितामा कुल ४१ खेल खेलाइनेछ ।

यू–१९ विश्वकप २०२४ को उद्घाटन खेल आयोजक दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच जनवरी १९ मा हुनेछ । फाइनल खेल बेनोनीमा फेब्रुअरी ११ मा हुनेछ ।

यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता रहेको । यो तीन चरणमा खेलाइनेछ । विश्वकपमा नामिबिया, न्युजिल्यान्ड, नेपाल, स्कटल्याण्ड र अमेरिका बाहेक अन्य टोलीले प्रत्यक्ष प्रवेश पाएका हुन् ।

आईसीसी यू १९ क्रिकेट विश्वकपलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह एः भारत, बंगलादेश, आयरल्याण्ड, अमेरिका
समूह बीः इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, स्कटल्याण्ड
समूह सीः अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, नामिबिया
समूह डीः अफगानिस्तान, पाकिस्तान, न्यूजिल्याण्ड, नेपाल