१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

रङ्गशाला निर्माणका लागि मेची-महाकाली अभियानमा जुटेका धुर्मुसले यसरी साटे होलीको सद्भाव



अ+ अ-

काठमाडौं । यतिबेला सीताराम कट्टेल (धुर्मुस) जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मेची-महाकाली अभियानमा जुटेका छन् । 

रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि उनी चैत १० गते कञ्चनपुरबाट यस अभियानमा  लागेका हुन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो अभियानमा रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरूको घरदैलोमा पुगेर सहयोग सङ्कलन गर्न थालिएको छ  ।

यसैबीच आज तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माता एव धुर्मुस सुन्तली फाउन्डेशनका सञ्चालक समेत रहेका कट्टेलले सम्पूर्ण देशका दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गर्दै होलीको सद्भाव साटेका हुन् ।