२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । हारसँगै नेपाल कपको समूह चरणबाट बाहिरिएको छ ।

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा आफ्नो लक्ष्य पूरा गर्यो ।भारतका आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ रनमा नट आउट रहे ।

नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुँदै ५२ रन बनायो । भारतविरुद्ध नेपालका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि हेमन्त धामी ८, अर्जुन कुमाल ७, दीपक बोहोरा ७ ,गुल्शन झा ४, दिपेश कँडेल ४, सुवास भण्डारी २, कप्तान देव खनाल २, आकाश चन्द ४ र दीपक बोहोराले एक रन बनाए । भारतले नेपाललाई एक्स्ट्रा १३ रन दिएको थियो ।

भारतको लागि राज लिम्वानीले ९.१ ओभरमा तीन मेडनसहित १३ रन खर्चिएर उत्कृष्ट ७ विकेट लिए । यस्तै, आराध्य शुक्लाले दुई विकेट लिदा आर्शिन अतुल कुलकर्णीले एक विकेट लिए ।