२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । हारसँगै नेपाल कपको समूह चरणबाट बाहिरिएको छ ।

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा आफ्नो लक्ष्य पूरा गर्यो ।भारतका आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ रनमा नट आउट रहे ।

नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुँदै ५२ रन बनायो । भारतविरुद्ध नेपालका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि हेमन्त धामी ८, अर्जुन कुमाल ७, दीपक बोहोरा ७ ,गुल्शन झा ४, दिपेश कँडेल ४, सुवास भण्डारी २, कप्तान देव खनाल २, आकाश चन्द ४ र दीपक बोहोराले एक रन बनाए । भारतले नेपाललाई एक्स्ट्रा १३ रन दिएको थियो ।

भारतको लागि राज लिम्वानीले ९.१ ओभरमा तीन मेडनसहित १३ रन खर्चिएर उत्कृष्ट ७ विकेट लिए । यस्तै, आराध्य शुक्लाले दुई विकेट लिदा आर्शिन अतुल कुलकर्णीले एक विकेट लिए ।