२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

भुँडी घटाउन गर्नैपर्छ दैनिक १० मिनेटको यो कसरत

भुँडी घटाउन गर्नैपर्छ दैनिक १० मिनेटको यो कसरत
अ अ+ अ-

काठमाडौं । अव्यवस्थित खानपान, व्यस्त दैनिकी र तनाव आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारणले हाम्रो शरीरमा रोगको घर बनाउँदै छन्। हामीलाई अस्वस्थ्य बनाउँदै लगेका छन् ।

पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ, हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो-मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।

एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन। यसको परिणाम उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ। उसो भए के गर्ने त-खानै छाड्ने ?  सहरै छाड्ने ? तनाव भयो भनेर कामै छाड्ने ? त्यसो गरेर पनि हुँदैन त्यसैले खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। 

धेरैलाई शारीरिक परिश्रम गर्ने समय कहाँ छ, जाँगर कहाँबाट जुटाउनु भन्ने प्रश्न पनि तेर्सिन्छन् । तपाईले दिनको मात्र दश मिनेट व्यायाम गर्ने समय, जाँगर र धैर्य जुटाउन पर्छ ।

व्यस्त जीवनशैलीको प्रभाव मात्र होइन उमेरसँगै हाम्रो शरीरका मांसपेशी आफैं पनि कमजोर र लुलो हुँदै जान्छन्। तिनलाई तन्दुरूस्त राख्न हामीले केही व्यायाम त गर्नैपर्छ। हैन भने हाम्रो शरीर समयभन्दा चाँडै कमजोर हुँदै जान्छ, रोग लाग्छ। रोगसँगै मन पनि कमजोर हुँदै जान्छ।

शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनका निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सम्भावना धेरै हुन्छ।

छोटो समयमा गर्न सकिने, वैज्ञानिक हिसाबले प्रभावकारी मानिएका ५ व्यायामबारे हामी यहाँ चर्चा गर्दैछौं। प्रभावकारी भएकै कारण यी व्यायाम अहिले संसारभर लोकप्रिय बन्दै गएका छन्।

प्ल्यांक

प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो एकपटकमा दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनेटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरू बताउँछन्।

गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जिउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।

अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ। प्ल्यांक २ मिनेटसम्म गर्दा प्रभावकारी हुन्छ र सकिन्छ पनि।

यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्यांक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।

त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्‍योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्यांक गर्न सक्नुहुनेछ।

ध्यान दिनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। एकैपटक दुई मिनेट गर्छु भनेर सुरूदेखि नै कस्सिनु हुन्न। शरीर बलियो हुँदै गएपछि विस्तारै दुई मिनेटसम्म गर्न सकिनेछ।

शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।

फाइदाः यो व्यायाममा तपाईंको कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो र कसिलो बनाउँछ। मेरूदण्डको आसन सुधार्छ जसले तपाईंलाई कुप्रो हुने र ढाड दुख्ने समस्याबाट जोगाउँछ। एजेन्सीको सहयोगमा