३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुँडी घटाउन गर्नैपर्छ दैनिक १० मिनेटको यो कसरत



अ+ अ-

काठमाडौं । अव्यवस्थित खानपान, व्यस्त दैनिकी र तनाव आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारणले हाम्रो शरीरमा रोगको घर बनाउँदै छन्। हामीलाई अस्वस्थ्य बनाउँदै लगेका छन् ।

पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ, हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो-मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।

एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन। यसको परिणाम उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ। उसो भए के गर्ने त-खानै छाड्ने ?  सहरै छाड्ने ? तनाव भयो भनेर कामै छाड्ने ? त्यसो गरेर पनि हुँदैन त्यसैले खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। 

धेरैलाई शारीरिक परिश्रम गर्ने समय कहाँ छ, जाँगर कहाँबाट जुटाउनु भन्ने प्रश्न पनि तेर्सिन्छन् । तपाईले दिनको मात्र दश मिनेट व्यायाम गर्ने समय, जाँगर र धैर्य जुटाउन पर्छ ।

व्यस्त जीवनशैलीको प्रभाव मात्र होइन उमेरसँगै हाम्रो शरीरका मांसपेशी आफैं पनि कमजोर र लुलो हुँदै जान्छन्। तिनलाई तन्दुरूस्त राख्न हामीले केही व्यायाम त गर्नैपर्छ। हैन भने हाम्रो शरीर समयभन्दा चाँडै कमजोर हुँदै जान्छ, रोग लाग्छ। रोगसँगै मन पनि कमजोर हुँदै जान्छ।

शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनका निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सम्भावना धेरै हुन्छ।

छोटो समयमा गर्न सकिने, वैज्ञानिक हिसाबले प्रभावकारी मानिएका ५ व्यायामबारे हामी यहाँ चर्चा गर्दैछौं। प्रभावकारी भएकै कारण यी व्यायाम अहिले संसारभर लोकप्रिय बन्दै गएका छन्।

प्ल्यांक

प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो एकपटकमा दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनेटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरू बताउँछन्।

गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जिउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।

अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ। प्ल्यांक २ मिनेटसम्म गर्दा प्रभावकारी हुन्छ र सकिन्छ पनि।

यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्यांक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।

त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्‍योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्यांक गर्न सक्नुहुनेछ।

ध्यान दिनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। एकैपटक दुई मिनेट गर्छु भनेर सुरूदेखि नै कस्सिनु हुन्न। शरीर बलियो हुँदै गएपछि विस्तारै दुई मिनेटसम्म गर्न सकिनेछ।

शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।

फाइदाः यो व्यायाममा तपाईंको कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो र कसिलो बनाउँछ। मेरूदण्डको आसन सुधार्छ जसले तपाईंलाई कुप्रो हुने र ढाड दुख्ने समस्याबाट जोगाउँछ। एजेन्सीको सहयोगमा