६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लज्जास्पद ब्याटिङमा नेपालले भारतलाई दियो ५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो लज्जास्पद ब्याटिङमा भारतलाई ५३ रनको लक्ष्य दिएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुँदै ५२ रन बनायो । भारतविरुद्ध नेपालका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि हेमन्त धामी ८, अर्जुन कुमाल ७, दीपक बोहोरा ७ ,गुल्शन झा ४, दिपेश कँडेल ४, सुवास भण्डारी २, कप्तान देव खनाल २, आकाश चन्द ४ र दीपक बोहोराले एक रन बनाए । भारतले नेपाललाई एक्स्ट्रा १३ रन दिएको छ ।

भारतको लागि राज लिम्वानीले ९.१ ओभरमा तीन मेडनसहित १३  रन खर्चिएर उत्कृष्ट ७ विकेट लिए । यस्तै, आराध्य शुक्लाले दुई विकेट लिदा अर्सिन कुर्कार्ािले एक विकेट लिए ।