२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ: १० ओभरमा २१ रन बनाउदै ६ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध लज्जास्पद सुरुवात गरेको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा ६ विकेट गुमाएर २१ रन बनाएको छ । यससँगै नेपाल संकटमा परेको छ ।

नेपालको पहिलो विकेटमा ओपनर दीपक बोहरा आउट भएका थिए । उनी ११ बलमा एक रन बनाउदै आउट भएका थिए । यस्तै ६.२ ओभरमा उत्तम मगर शुन्य रनमा आउट हुँदा ७.३ ओभरमा अर्जुन कुमाल २२ बलमा ७ रन बनाएर आउट भएका छन् ।

तीन विकेट गुमाएको नेपाललको जिम्मेवारी सम्हालदै क्रिजमा उत्रेका कप्तान देव खनाल आठौँ ओभरको पाँचौ बलमा दुई रन बनाएर पेभेलियन फर्किए । त्यसपछि आएका दिपक डुम्रे शुन्य रन बनाएर फर्किए । यस्त,ै गुलशन झा दशौं ओभरको पाँचौं बलमा ४ रन बनाएर एलबिडब्ल्यू आउट भए । गुलशन आउट हुँदा नेपाल ९.५ ओभरमा २१-६ को दयनीय अवस्थामा पुगेको छ ।

 




भर्खरै