२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ: १० ओभरमा २१ रन बनाउदै ६ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध लज्जास्पद सुरुवात गरेको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा ६ विकेट गुमाएर २१ रन बनाएको छ । यससँगै नेपाल संकटमा परेको छ ।

नेपालको पहिलो विकेटमा ओपनर दीपक बोहरा आउट भएका थिए । उनी ११ बलमा एक रन बनाउदै आउट भएका थिए । यस्तै ६.२ ओभरमा उत्तम मगर शुन्य रनमा आउट हुँदा ७.३ ओभरमा अर्जुन कुमाल २२ बलमा ७ रन बनाएर आउट भएका छन् ।

तीन विकेट गुमाएको नेपाललको जिम्मेवारी सम्हालदै क्रिजमा उत्रेका कप्तान देव खनाल आठौँ ओभरको पाँचौ बलमा दुई रन बनाएर पेभेलियन फर्किए । त्यसपछि आएका दिपक डुम्रे शुन्य रन बनाएर फर्किए । यस्त,ै गुलशन झा दशौं ओभरको पाँचौं बलमा ४ रन बनाएर एलबिडब्ल्यू आउट भए । गुलशन आउट हुँदा नेपाल ९.५ ओभरमा २१-६ को दयनीय अवस्थामा पुगेको छ ।