१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका १० खेलाडी पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका १० खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) २०२४ को ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।

पीएसएलले जारी गरेको सूचीमा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनमको लिस्टमा परेका छन् । सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । उनले यसअघि लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

यस्तै, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरीमा छन् भने आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी सिल्भर क्याटेगेरीमा परेका छन् । पिएसएलको ड्राफ्ट बुधबार हुँदैछ ।

प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर (१ करोड ४० लाख रुपैयाँ) पाउनेछन् । गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर ( ५० लाख रुपैयाँ) र सिल्भर क्याटेगोरीका खेलाडीले १८ हजार अमेरिकी डलर(२५ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।

पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।