१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीतन्त्रमा संकोच मनोविज्ञान



अ+ अ-

आफैँमा खुल्न नसक्नु संकोच हो। यो मनोविज्ञानको शब्द होइन। तर अन्य विज्ञानले यो शब्दलाई समेट्दैन । त्यसैले मनोविज्ञानको सापेक्षमा यसलाई हेर्ने गरिन्छ ।

पश्चिमका अव्यवहारवादी मनोवैज्ञानिक काण्ट कठोर नैतिकता भित्र दबेको मनोभावलाई संकोच मान्छन्।ह्युमको समाज मनोविज्ञानले संकोचलाई सामाजिक संस्कारको उत्पादन ठान्छ। समाज, राजनीति ,अर्थनीति, कर्मचारी नीति ,व्यक्तिगत नीति ,आचरण सबैका सीमा हुन्छन्। साधारणतया यि सिमाना सङ्कोच हुन । फ्रायड सङ्कोचलाई समाज निरपेक्ष मान्दैनन् । किनकि उनी अस्तित्ववादी चिन्तक हुन्। तर हाम्रो पूर्वीय चिन्तन यो मान्न तयार छैन। हामी संकोचलाई धक मान्छौं। धक भनेको आफैलाई नबुझ्नु हो। आफ्नो योग्यता बिर्सनु हो।

संकोच व्यवस्थापन सिद्धान्तत,: व्यवस्थापनको अध्ययनको विषय होइन। व्यवस्थापनले मनोविज्ञानमा समेत लक्ष्य खोज्छ।। उत्प्रेरणा, नैतिकता, आचरण ,मनोबल, सहकार्य, समान व्यवहार, खुल्लापन, सहहिृदयता जस्ता विषयलाई ऐन, कानुन, नीति नियमले कहिँ न कहिँ व्यवस्थित गरेको हुन्छ। यो व्यवहारिक नीतिले कर्मचारीतन्त्रमा धक मेट्छ। संकोच हटाउँछ र कर्मचारी तन्त्रलाई सेवामैतिक र उत्पादक बनाउँछ भन्ने विश्वास व्यवस्थापनले राख्छ ।हाम्रो कर्मचारी तन्त्र यो आधारभूमिमा कतिको रमेको छ त । संकोच मनोविज्ञान अध्यताको लागि याे रुचिको विषय हुन सक्छ ।

संकोचका दुईटा कारण मानिन्छन्। अज्ञानता र व्यर्थता वा तुच्छपन । व्यर्थता उदासीनता मात्र होइन । कामप्रतिको तटस्थता पनि हो। हाम्रो कर्मचारी उच्च नेतृत्वमा अज्ञानता छैन। तर व्यर्थता उच्च छ। राजनीति नेतृत्वमा व्यर्थताको न्यूनता छ। तर उनीहरूमा अज्ञानता छ। याे अज्ञानताको अर्थ विषयवस्तुमा हो। ज्ञानमा होइन ।

मानिसले असफल हुने मुख्य कारण आफ्नो रुचि नबुझ्नु हो। रुचि नबुझी गरेको कार्यमा छिट्टै व्यर्थताको महसुस हुन्छ। यो व्यर्थता हाम्रो कर्मचारी तन्त्रमा उच्च देखिन्छ। किनकि उसले रुचि भएको काम जागिरे जीवनमा गर्नै पाउँदैन। यो नै हाम्रो कर्मचारी नीतिको सबैभन्दा ठूलो कमजोरी हो। अहिले कर्मचारीहरूमा निर्देशनात्मक काममा रुचि बढी छ। यो हाम्रो कर्मचारीतन्त्रको संस्कृति जस्तै छ।

कर्मचारी आफ्नो रुचि छाडेर घुसपेट ,सम्बन्ध ,नातागोता, पैसा र भविष्य खोज्दै राजनीति नेतृत्वको शरणमा पुग्छन । यो शरण कर्मचारी हरूको अज्ञानता होइन। तुच्छपन हो। यो मनोविज्ञान राजनीतिले बुझेको छ। तर हाम्रो राजनीतिक नेतृत्वकाे स्वभाव यसको ठिक विपरीत छ। उनीहरूमा रुचि छ। तर त्यो रुचि विषयवस्तुमा हैन। स्वार्थ र व्यक्तिगत हितमा बढी छ। त्यसैले राजनीति र कर्मचारी तन्त्रमा सधैँ द्वन्द देखिन्छ । यो द्वन्द एकआपसको संकोच हो। जहाँ सहकार्य, मनोबल ,नैतिकता ,समन्वय र आचरण देखावटीमा मात्र छ। यही संकोचभित्र राजनीति र प्रशासन नतिजा खोज्छन् । यो देखावटी नतिजाले सुशासन प्राप्त हुँदैन।

संकोचको उत्पादक हाम्रो समाज र राजनीति हो। किनकि राम्रोभन्दा नराम्रो कुरालाई यिनले स्वीकार गर्न थाले । राजनीतिलाई अज्ञानता थाहा छैन। उसलाई भिड र बहुमत चाहिएको छ। कर्मचारी तन्त्रलाई भिड र बहुमत होइन कानुनको शासन चाहिएको छ। यी विषयमा दुवै खुल्न सक्दैनन् । काममा पारदर्शिता ,नतिजामा उत्तरदायित्व, सहभागितामूलक व्यवहार र रुचि अनुसारको कामले संकोच हटाउँछ। नेतृत्व र सहायक वर्गमा समान व्यवहारले मैत्रीभाव पैदा गर्छ।

तर यो हाम्रो नेतृत्व र कार्यान्वयन तहमा लगभग सुन्य छ। अझ कार्यान्वयन तह र दुःखका साथ जनतासँग सँगै काम गर्ने कर्मचारी र नेतृत्व बीचमा खाडल बढी छ। यो खाडलले नेतृत्व र सहायक कर्मचारीबीच संकोच पैदा गरेको छ। तर यो विषयमा राजनीतिक नेतृत्वले खासै चासो राख्दैन। किनकि यो गहिराईको ज्ञान कमैलाई मात्रै प्राप्त हुन्छ।

विषयवस्तु ज्ञात भइकन पनि कर्मचारीहरू आफ्नो धारणा राख्दैनन्। किनकि राजनीति नेतृत्वले गर्ने निर्णयमा उनीहरूको विश्वास छैन। स्पष्ट धारणाबाट पनि राजनीतिक नेतृत्वले फाइदा लिन्छन् भन्ने मनोविज्ञान कर्मचारीमा छ। यसको कारण राजनीतिमा शासनको विषयवस्तुको अध्ययनको कमी हो।

कर्मचारी र नेतृत्व वर्गमा विषयवस्तुको गहन अध्ययन जरुरी छ। हाम्रा राजनीति र प्रशासनिक नेतृत्वको ज्ञानको खाडलले थुप्रै संकोच पैदा गरेको छ। कर्मचारीतन्त्रको योग्यताले नै सङ्कोचलाई कम गर्छ। यो योग्यता राजनीति बाट नै प्राप्त हुन्छ। त्यसैले अयोग्य राजनीतिक संस्कारले योग्य कर्मचारी तन्त्र जन्माउन सक्दैन। सबैभन्दा ठूलो संकोचको मनोविज्ञान यही दबेको छ।