२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात
अ अ+ अ-

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने  शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो । 

जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो । उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा. किशोर भण्डारी र डा.मनीष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेको हो । यस्तो सेवा नेपालका कुनै पनि अस्पतालले उपलब्ध गराएका छैनन् । असामान्य देखिने अनुहारको आकृति आधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रियामार्फत मिलाउने यस्तो सेवा उपलब्ध गराउने नर्भिक देशकै पहिलो अस्पताल समेत हो । 

के हो अनुहारको असामान्य आकृति ?
अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई orthognathic surgery भनिन्छ । 

शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै ः अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्यूडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुनसक्छ । 

कस्तो असर गर्छ ?
यसप्रकारको अवस्थाले गर्दा अनुहारको आकृति असामान्य हुनुको साथै दैनिक क्रियाकलापमा समेत भौतिक र मानसिक असर देखिने गर्दछ । उदाहरणका लागि राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांशपेसीमा अत्यधिक दवाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु, अनुहारको असामान्य आकृतिले गर्दा आत्माविश्वासको कमी हुनु आदि । 

कसरी गरिन्छ उपचार ?
डा. किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेशनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेशनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रूले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिदैन । यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ । शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ ।

बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ । ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानु पर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ । 

नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ (भीएसपी) अर्थात कम्प्युटुरको सहायताले अनुहारको बनौट निक्र्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ ।