५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा थन्डर्सले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो



अ+ अ-

काठमाडौं । पोखरा थन्डर्सले सोमवार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को हार व्यहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा अन्तिम १० मिनेटमा काठमाडौंले दुई गोल फर्काउँदै पोखरा थन्डर्सको शीर्ष स्थानमा पुग्ने लक्ष्यलाई पूरा हुन दिएन । यो जितसँगै काठमाडौं पाँच खेलबाट आठ अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ । काठमाडौंले दुई जित र दुई बराबरीका साथै एक हार सामना गरेको छ । यता, जिततर्पm उन्मुख पोखराले अन्तिम समयमा दुई गोल व्यहोरेपछि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो । पोखराले पाँच खेलबाट समान दुई जित र बराबरीका साथै एक हार सामना गरेको छ । पोखराको समान आठ अंक भए पनि गोलअन्तरमा काठमाडौंसँग पछि पर्दै चौथो स्थानमा खुम्चियो ।

खेलको पहिलो गोल अवसर १४औं मिनेटमा सिर्जना भयो । पोखराका मोसेस ग्याबा तुमको सट काठमाडौंका कप्तान तथा डिफेन्डर अन्जनको राईको खुट्टा डिफ्लेक्ट भएर दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो । चार मिनेटपछि नै मोसेसको लामो प्रहार सफल हुन सकेन । काठमाडौंले पहिलो अवसर सिर्जना गर्न २९औं मिनेटसम्म कुर्नु पर्‍यो । सोखरुखले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोखराका गोलकिपर एभेस प्रिसोले उत्कृष्ग बचाउ गरे । पोखराका मोसेसले ३४औं मिनेटमा गोलकिपर एन्जल श्रेष्ठलाई पार गराएको बल काठमाडौंका डिफेन्डर आन्द्रेस नियाले क्लियर गरिदिए ।

लगत्तै कर्नर प्रहारमा मोसेसले हेड गोल गरे पनि राजीव लोप्चनले गोल लाइनबाट क्लियर गरे । ३७औं मिनेटमा मोसेसको अर्को हेडर पनि माथिल्लो बारमा लागेर बाहिरिँदा पोखरा पुन: अभागी सावित भयो । काठमाडौंले ४५औं मिनेटमा सहज अवसर खेर फाले । केङ्ग्यु ओलिभर १० यार्डबाट फ्रिहेडर गोल गर्न असफल रहे । त्यससँगै पहिलो हाफको खेल गोलरहित बराबरीमा रह्यो ।

पोखराले खेलको ५८औं मिनेटमा आयुष घलानको गोलबाट अग्रता लियो । स्टफेन पापाको ‘लङ रेन्ज सट’ काठमाडौंका गोलकिपर एन्जल श्रेष्ठले राम्रो नियन्त्रणमा लिन नसक्दा आयुषले नजिकैबाट गोल गरेका हुन् । काठमाठौंका लागि एनकेङ्ग्यु जुनियरको हेडर दोस्रो बार ठोकिँए बाहिरिन पुग्यो । ७२ औं मिनेटमा पोखराका मोसेसले गोल गर्ने सहज अवसर खेर फाले । काउन्टर अट्याकमा आयुषले दिएको पेनाल्टी क्षेत्रमा अनमार्क रहेका मोसेसलाई पास दिए पनि उनले सदुपयोग गर्न सकेनन् । मोसेसले ७७औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फाले ।

८२औं मिनेटमा मोसेसको अर्को प्रहार गोललाइनबाट पोखराका डिफेन्डर आन्द्रेसले क्लियर गर्दै टोलीको थप संकट टारे । तर, त्यसको एक मिनेटपछि नै पोखराले गोल फर्कायो । पोखरा थन्डर्सका डिफेन्डर शतर्क नरहँदा काठमाडौंका एनकेङग्युले गोल गर्दै बराबरीमा ल्याए । करिब १८ यार्डमा पोखराका चार डिफेन्डर रहे पनि उनको सहज रूपमा लेफ्ट फुटेट प्रहार गोलमा परिणत भयो । इन्जुरी समयको पहिलो मिनेटमा पेम्बा लामाको पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोका लागि खासै चुनौति बनेन् ।

९३औं मिनेटमा काठमाडौंले काउन्ट अट्याकमा अर्को गोल फर्कायो । तोजिडिनोभ कोमिवनको लामो पास नियन्त्रणमा लिँदै सोखरुख एमले पोखराको गोलकिपर प्रिसो अगाडि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे । यससँगै अन्तिम १० मिनेटमा खेलले नाटकीय मोड लिँदा दबाबमा रहेको काठमाडौंले पोखरामाथि रोमाञ्चक जित निकाल्यो ।