• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

ललितपुर मेयर कप: एलेक्स र अंकितालाई स्वर्ण



ललितपुर । वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता वज्राचार्यले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सिंगल्सको पुरुषमा एलेक्स तथा महिलामा अंकिता च्याम्पियन बनेका हुन् । दुवै समान ३–२ को सेटमा विजयी भए ।

पुरुष फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११ र ११–९ को सेटमा पराजित गरे । गल्र्सको फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९ र ११–९ को सेटमा हराइन् ।

विजेतालाई बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।