• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

जलवायु न्यायलाई बिर्सन हुँदैन: महासचिव गुटेरेस



एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ सकिन २ दिन मात्र बाँकी हुँदा सोमवार सम्मेलन स्थलमा पत्रकार सम्मेलन गर्दे उहाँले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताउनुभएको हो । सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समिक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘जलवायुको विज्ञानसँग सम्झौता नगरिकन, विकासोन्मुख र अल्पविकसित देशहरुको आवश्यकतासँग सम्झौता नगरिकन हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले प्रत्येक देशले एनडिसीमार्फत गरेको जलवायु अनुकुलनको प्रतिवद्धतालाई समय सीमा तोकी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक उर्जाको प्रयोगलाई समयसिमा तोकि घटाउने र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । ‘जैविक उर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक उर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकैपटक सबैले बन्द गर्ने पनि होइन । यसलाई प्रत्येक देशले बिस्तारै कम गर्दै लैजाने भन्ने हो । सिमा तोकेर कम गर्दै लग्यो भने लक्ष्य हासिल हुन्छ । तर सबैले एकैपटक बन्द गर भन्ने होइन । जैविक उर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो । यो समय भनेको सम्झौता गर्ने समय हो । यहाँ हामीले सबै विषयमा बिजयको अपेक्षा राख्नुहुदैन ।’

उहाँले सम्मेलनमा जैविक उर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामुहिक रुपमा आफ्नो प्रतिवद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिनुभयो । उहाँले ग्लोवल स्टक टेकको प्रमुख लक्ष्य नै वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक उर्जाको प्रयोगलाई घटाउनु भएपनि एकैपटक नभई समय सीमा तोकेर हटाउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ग्लोवल स्टक टेकको एउटा माग भनेको वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक उर्जालाई घटाउँदै र हटाउँदै लैजाने हो । यो जिएसटिको प्रमुख लक्ष्य पनि हो । तर यसको समय सिमा तोकिनुपर्छ । जैविक उर्जाको खपतलाई कम गर्दै लैजाने क्रममा अल्पविकसित र विकासोन्मुख देशहरुको आवश्यकतालाई पनि जलवायु न्याय र समताको दृष्टिकोणबाट हेरिनुपर्दछ । हामीले अनुकुलनको लक्ष्यलाई वृद्धि गर्दै लैजानुपर्छ । तर लक्ष्य बढाउनु भनेको लगानी बढाउनुपनि हो । त्यसैले २०२५ सम्ममा अहिलेको अनुकुलनको लगानीलाई दोब्बर पार्दै ४० विलियन प्रतिवर्ष अनुकुलनका काममा लगानी गर्नुपर्दछ । ’

यसै प्रसङ्गमा उहाँले ‘कार त छ तर इनधन छैन भने त्यो कारको के काम लाग्यो’ भनी प्रतिप्रश्न गर्नुभयो ।