५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमाको गुनासो: बिहे पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई नभन्नुहोला है !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासंद तोसिमा कार्कीले सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुन नपाएकोमा मतदाता समक्ष माफी माग्नु भएको छ ।

कार्की बिहा पार्टी व्रतबन्धहरूमा पुग्न नसकेकामा पक्कै पनि यो हामीले जिताएको तोसिमा छोरी जनताको काममै समय खर्चिरहेकी होलिन् भनी बुझिदिनुहोला भन्दै आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

मंसिरको महिना धेरैले बिहेहरूमा निम्तो गरिरहनुभएको छ तर लगभग कुनैमा पनि पुग्न सकेको छैन । म निर्वाचित भएदेखि आजसम्म धेरै बिहे व्रतबन्ध र भोजका निमन्त्रणाहरू आएता पनि अधिकांशमा म उपस्थित हुन सकि ।्र कृपया मन नदुखाउनुहोला । मेरो शुभकामना आशिर्वाद शुभेक्षा सधैँ तपाइहरूसँग छँदैछ ।

बिहा पार्टी व्रतबन्धहरूमा पुग्न नसकेकामा पक्कै पनि यो हामीले जिताएको तोसिमा छोरी जनताको काममै समय खर्चिरहेकी होलिन् भनी बुझिदिनुहोला । जाजारकोटबाट फर्किएपछि ३-४ दिनमा ललितपुरको चुनिखेल, थेचु, हरिसिद्दी, सुनाकोठी, नखिपोटमा स्थानीयहरू माझ पुगेँ, २(३ वटा महत्त्पूर्ण बैठक, कार्यक्रम र खबरदारीहरू गरियो र तपाईंहरूको मायाले स्वास्थ्य पनि निको भैसकेँ ।

तर माफ गर्नुहोला धेरै बिहेको निम्तोका कार्डहरू थाती राखेर भोलि बिहानै फेरि जाजरकोट जाँदैछु केही थप तयारीका साथ । ‘हामीले तेत्रो भोट देको, जिताको तर बिहेमा पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई’ नभन्नुहोला है्र मेरो शुभकामना सधैँ छ ।