२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

सोमवार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो ।

उहाँले देश विकास र दिगो रक्षाको लागि देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताउनु भयो । उहाँले अब एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताउनु भयो । उहाँले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाइ अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेकपा एमाले सरकारमा भएको बेलामा दुनियाँले रोक्दा रोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ । अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरुको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन । समृद्ध बनाउन सकिदैन भन्ने कुरा स्पष्ट भएको छ । मिसन ८४ को सपना खास गरी होइन । उहिले नै जब पिस्करमा गोली हानेर इलो थापी र वीरबहादुर थामीको निर्ममतापूर्वक हत्या भएको थियो । अब डराउने र अल्मलिने अवस्था छैन । विकास निर्माणका कामहरुलाई युद्ध स्तरमा अगाडि बढाएका छौं ।’

उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पार्नुभयो ।