२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ६ सय १२ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भएका छन् । 

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।