४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

त्रिदेशीय फुटबल फाइनलः पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता

त्रिदेशीय फुटबल फाइनलः पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता
अ+ अ-

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आयोजक नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा जारी उक्त खेलको पहिलो हाफमा नेपालले २-० गोलको अग्रता लिएको छ ।

खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहेका हुन् । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् । उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । 

खेलमा निकै नै दबदबा राखेको नेपालले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । खेलको ७ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

यस्तै १६ औं मिनेटमा अनन्त तामाङले हेडमार्फत प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बललाई पञ्च गरेर पोस्टबाहिर फालेका थिए । यस्तै २९ औं मिनेटमा अञ्जन बिस्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउन पुगे । उनले बललाई चिप गरेर पोस्टमाथि फ्याँक्न पुगेका थिए । ४४ औं मिनेटमा अनन्त तामाङले गोल गर्ने राम्रो अवसर पाएका थिए ।