२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय फुटबल फाइनलः पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता



अ+ अ-

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आयोजक नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा जारी उक्त खेलको पहिलो हाफमा नेपालले २-० गोलको अग्रता लिएको छ ।

खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहेका हुन् । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् । उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । 

खेलमा निकै नै दबदबा राखेको नेपालले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । खेलको ७ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

यस्तै १६ औं मिनेटमा अनन्त तामाङले हेडमार्फत प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बललाई पञ्च गरेर पोस्टबाहिर फालेका थिए । यस्तै २९ औं मिनेटमा अञ्जन बिस्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउन पुगे । उनले बललाई चिप गरेर पोस्टमाथि फ्याँक्न पुगेका थिए । ४४ औं मिनेटमा अनन्त तामाङले गोल गर्ने राम्रो अवसर पाएका थिए ।